इजरायली आक्रमणमा हमासका सैन्य नेता मुहम्मद ओदेह मारिए
▸ यस स्टोरीको अंश: इजरायलको दाबी: हमासका सैन्य नेता मुहम्मद ओदेह गाजा आक्रमणमा मारिए
इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर–७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ। इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ) ले ओदेहको मृत्यु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा भएको अपरेसनमा भएको जनाएको छ। ओदेहले अक्टोबर–७ को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र दुई साताअघि मात्र सैन्य प्रमुखको रुपमा नियुक्त गरिएको जनाइएको छ। यसैबीच, इजरायलले कारबाही बढाएपछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›