आज गणतन्त्र दिवस, देशभर कार्यक्रम गरी मनाइँदै
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। १९औं गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू सहभागी हुँदैछन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित