लाेकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो: प्रथम राष्ट्रपति डा यादव
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसमा सम्बोधन: राष्ट्र निर्माणको प्रेरणा र अभिभारा
नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२÷६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । प्रथम राष्ट्रपति डा यादवकै हातबाट २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो । गणतन्त्रको घोषणा भएको दिनको स्मरणमा आज १९ औँ गणतन्त्र दिवस मनाइँदैछ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›