अस्टिनको नेपाली समाजमा नयाँ नेतृत्व चयन

यस स्टोरीको अंश: ग्रेटर अस्टिन नेपाली समाजमा पदम ठकुराठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
newspolar.com · 1 दिन अघि

ग्रेटर अस्टिन नेपाली समाज (GANS) मा नयाँ नेतृत्व चयन भएको छ । यस संस्थालाई अंग्रेजीमा GANS भनेर चिनिन्छ । यहि मे २४ मा संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा पदम ठकुराठी ४७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोक कुमार शाही ४२१ मत, महिला उपाध्यक्षमा सपना राउत ४२७ मत, उपाध्यक्षमा धिरेन्द्र कुमार यादव ४१७ मत, महासचिवमा सूर्य कार्की ४४५ मत, सचिवमा प्रिन्स भट्ट ४१५ मत तथा कोषाध्यक्षमा नारायण प्रसाद रिजाल ४३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू