मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन इलेक्ट्रिक भेपसहित दुई वटा कन्टेनर नियन्त्रणमा
▸ यस स्टोरीको अंश: मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन इलेक्ट्रिक भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमामुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट सशस्त्र प्रहरीले ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) बोकेका दुई वटा कन्टेनर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार १ जेठको राति कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। कोरोला नाका हुँदै काठमाडौँ आइरहेका ना६ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›