संक्रमणकालीन न्याय आयोग तत्काल सक्रिय बनाउन आङ्देम्बेको माग
▸ यस स्टोरीको अंश: कांग्रेस नेता आङदेम्बेद्वारा संक्रमणकालीन न्याय आयोगमा तत्काल नियुक्ति र ऐन संशोधनको माग
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले राजनीतिक भागवण्डाका आधारमा विभिन्न संस्थाका पदाधिकारी हटाएर संवेदनशील निकायहरूलाई समेत रिक्त बनाएको आरोप लगाएका छन् । विशेषगरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पुराना पदाधिकारीहरूलाई हटाइएकाले ती आयोगहरू निष्क्रिय बनेको बताए । उनले द्वन्द्वपीडितले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेकाले सक्षम, निष्पक्ष र विश्वसनीय व्यक्तिहरू नियुक्त गरी आयोगलाई तत्काल सक्रिय बनाउनुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›