सार्वजनिक संस्थान बलियो बनाउने सरकारी तयारी, पुँजीवृद्धिदेखि सेयर विनिवेश घोषणा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था सुदृढ बनाउन आगामी आर्थिक वर्षमा पुँजीवृद्धिको नीति अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक संस्थानलाई प्रतिस्पर्धी, सक्षम र आत्मनिर्भर बनाउन आवश्यक पुँजी थप गरिने बताएका हुन् । उनका अनुसार दीर्घकालीन रूपमा कमजोर बन्दै गएका तथा विस्तारको सम्भावना भएका संस्थानहरूमा पुनःसंरचना र वित्तीय सुधार कार्यक्रम पनि लागू गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित