पोखराको फुस्रेखोलामा डुबेका किशोरको मृत्यु

यस स्टोरीको अंश: पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु
gorkhapatraonline.com · 1 दिन अघि

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७, छोरेपाटन स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । पोखरा–१७, ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपालीको बिहीबार खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बिहीबार दिउँसो खोलामा एक किशोर बेपत्ता भएको सूचना प्राप्त भएपछि उद्धार गरिए पनि किशोरको उपचारका क्रममा निधन भएको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू