बर्खामा त्रासपूर्ण यात्रा

यस स्टोरीको अंश: भारतमा प्रि-मनसुनले ४८ को मृत्यु, कोशी प्रदेशमा बर्खाको त्रास
nagariknews.nagariknetwork.com · 1 दिन अघि

खोटाङ् खोटेहाङ् वडा नं. ३ की मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पस वीए तेस्रो वर्षमा अध्ययन गर्छिन् । हिउँदको बेला थुप्रैपटक आउँजाउँ गरेपनि बर्खाको बेला पहाड (भित्ता) झरेको झल्झली सम्झँदा उनलाई घर जाने हिम्मत नै आउँदैन् । उनी घर आउँजाउँ गर्ने बाटो उदयपुरको बेलका नगरपालिकाको रामपुर हुँदै गाइघाटबाट साउनेपोखरीटार हुँदै रसुवाको सिमपानीबाट खोटाङ्को ठाटी भञ्ज्याङ् पुग्न बर्खाका बेला ठूलै युद्द जितेर सफलता मिलेजतिकै हुन्छ । यो सडक खण्डमा अहिलेसम्म दुई पटक दुर्घटना भइसकेको छ । ‘हिउँदकै बेला पनि यो सडक हिड्दा त्राहीमाम हुने गर्छ, बर्खाको समयमा उदयपुरको रसुवा पहाडको पुरै भिरालो भाग छ । यो पहाडको भागमा अलिकति सानो त्रुटी भएमा सोझै कोशीमै पुगिन्छ, पहाडबाट सोझै कोशीमा झरेपछि बाँच्ने आश त हुँदै हुँदैन्,’ उनले भनिन् ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू