काँकरभिट्टामा अर्ना भैँसीजस्तो देखिने जंगली जनावर फेला
▸ यस स्टोरीको अंश: झापामा अर्ना भैँसीजस्तो देखिने घाइते जंगली जनावर फेला, वन कार्यालयलाई जानकारी
झापाको मेचीनगर नगरपालिका–६ भट्टराईचोकस्थित नेहा बेकरी अगाडि अर्ना भैँसीजस्तो देखिने एक जंगली जनावर घाइते अवस्थामा फेला परेको छ । स्थानीयवासीले सडक छेउमा उक्त जनावर सुतिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जनावरको शरीरमा बाहिरी चोटपटक नदेखिएको र यसले हालसम्म कुनै मानवीय वा चौपायामा क्षति नपुर्याएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›