तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकको नयाँ रणनीति, अब दैनिक एसडीएफको सुविधा
▸ यस स्टोरीको अंश: राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा दैनिक उपलब्ध गराउने
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा (एसडीएफ)सम्बन्धी व्यवस्थामा पुनरवलोकन गरेको छ। ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्र बैंकले एसडीएफसम्बन्धी व्यवस्थामा पुनरवलोकन गरेको हो। तरलता निरन्तर बढिरहेका बेलामा अल्पकालीन ब्याजदर करिडोरको तल्लो सीमा माथि राख्न अब बैंकहरूले दैनिकरूपमा अतिरिक्त तरलता राष्ट्र बैंकमा ‘पार्क’ गर्न पाउने व्यवस्था गरेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित