स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गरिने, आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई समेट्ने लक्ष्य
▸ यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने, तीन वर्षमा ९०% नागरिकलाई समेट्ने लक्ष्य
सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्यसम्बन्धी सम्पूर्ण दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने बताए । आगामी ३ वर्षभित्र ९० प्रतिशत जनसङ्ख्यालाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित