कामु प्रधानन्यायाधीशको विरोधमा उत्रियो रास्वपा, संसद् बैठकबाटै आपत्ति
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट निवेदन दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ। रास्वपा सांसद यज्ञमणि न्यौपानेले अदालतको प्रशासनिक तथा न्यायिक कार्यप्रणालीका स्थापित मूल्य र मान्यताविपरीत उक्त आदेश आएको दाबी गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›