रणनीतिक आयोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गरिने
▸ यस स्टोरीको अंश: ऊर्जा मन्त्रालयको सुस्त बजेट खर्च, राष्ट्रिय गौरवका आयोजना अलपत्र
अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ‘मातृभूमि कोष’ स्थापना गरिने घोषणा गरेका छन्। बजेट भाषणका क्रममा उनले देशका रणनीतिक महत्वका आयोजनामा लगानी बढाउन उक्त कोष स्थापना गर्न लागिएको बताएका हुन्। अर्थमन्त्री वाग्लेले कम्तीमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण क्षमता विकास, एआई फ्याक्ट्री स्थापना तथा अन्य राष्ट्रिय प्राथमिकताका परियोजनामा कोषमार्फत लगानी गरिने जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित