फिर्केखोलामा डोजर : कलेजको भवनदेखि बहुतले घरहरु भत्काइयो
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखराको फिर्केखोलामा मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने अभियान दोस्रो दिन पनि जारी छ । महानगरपालिकाले सोमबार दोस्रो दिन पनि फिर्केखोलामा बनेका संरचना भत्काउने क्रममा कलेजका भवनदेखि बहुतले घरहरू भत्काएको छ । पोखरा १८ र २, पोखरा ४ र ५, तथा पोखरा ७ र ८ को सिमाना क्षेत्रमा रहेका अवैध संरचना भत्काइएको हो । जिल्ला अदालत कास्कीले रिट खारेज गरेपछि महानगरपालिकाले एक महिना लगाएर गरेको नापजाँच प्रतिवेदन अनुसार १६० वटा संरचना (४५ स्थायी र ११५ अस्थायी) निर्माण भएको पाइएको थियो, जसमध्ये खोलामाथि १८ स्थायी र १० अस्थायी संरचना निर्माण भएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›