मनसुन यसपालि कस्तो रहन्छ, सम्भावित क्षति कम गर्न सरकारको तयारी यस्तो छ
▸ यस स्टोरीको अंश: मनसुनमा औसतभन्दा कम वर्षाको अनुमान, बाढी-पहिरोको जोखिम कायमै रहने जल तथा मौसम विज्ञान विभागको भनाइ
सरकारले यो वर्ष हुनसक्ने मनसुनजन्य विपद् र त्यसले निम्त्याउने क्षति न्यूनीकरणका लागि मनसुन कमान्ड पोस्टलाई अझै बलियो र प्रभावकारी बनाएर काम गर्न लागिएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्ष मनसुन अवधिमा कम पानी पर्ने अनुमान गरेको छ। तर पानी कम पर्दैमा बाढी पहिरोका घटना कम हुने भन्न नसकिने भएकाले विभागको पूर्वानुमानअनुसार केन्द्र, स्थानीय निकाय, सुरक्षा निकायलगायत सबै सचेत रहेर क्षति न्यूनीकरणमा काम गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›