खानेपानी संस्थालाई ऋणले च्यापेपछि...

यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिमा संयुक्त प्रयास आवश्यक: वक्ताहरू
arthadabali.com · 1 हप्ता अघि

दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ । सङ्घको शनिबार भएको ११औँ साधारणसभाबाट महसुल वृद्धि गरिएको हो । संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रुपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ । संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको रु एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको रु ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू