हर्कले मागे प्रधानमन्त्री बालेनको राजीनामा
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए । सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›