स्थानीयले तोके कसमसको चुनढुंगा बोक्ने टिप्पर चलाउने समय

यस स्टोरीको अंश: अधिकारकर्मीद्वारा बाँकेको होल्डिङ सेन्टरको अनुगमन, सुकुम्बासीको अवस्थाबारे जानकारी
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

कसमस सिमेन्ट उद्योगका लागि उदयपुरगढी गाउँपालिकास्थित खानीबाट ढुवानी गरिने चुनढुंगा बोक्ने टिप्परहरू चल्ने समय स्थानीयवासीले निर्धारण गरेका छन्। बालबालिकालाई विद्यालय, बिरामीलाई स्वास्थ्यचौकी तथा स्थानीयवासी सर्वसाधारणलाई वडा कार्यालय जाने/आउने समय र राति टिप्पर चलाउन रोक लगाउने निर्णय गरिएको छ। भेलाको निर्णयानुसार स्कुल, वडा कार्यालय र स्वास्थ्य चौकी जाने/आउने समय बिहान ९ देखि १० बजेसम्म र दिउँसो ३:३० देखि ४:३० बजेसम्म टिप्पर नचलाउने तथा राति ७ देखि बिहान ५ बजेसम्म पनि टिप्पर चल्न नदिने निर्णय भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू