मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : लचिलो कार्यदिशा, बाह्य क्षेत्र बलियो
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्यो, लचिलो कार्यदिशालाई निरन्तरतानेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको सुरुवातदेखि नै अवलम्बन गर्दै आएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई यस समीक्षामा पनि निरन्तरता दिएको छ । विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप नै रहने प्रक्षेपणका साथै मुलुकको न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गर्दै बैंकले पुरानै कार्यदिशालाई कायम राखेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित