गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
▸ यस स्टोरीको अंश: गुप्तेश्वर गुफामा पर्यटकको उल्लेख्य भीड, एक दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री
ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले जेठ १० गते आइतबार एकैदिनमा रु पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ । गुफा अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई टिकट बिक्री गरेर उक्त आम्दानी भएको हो । गुफाभित्र प्रकृति निर्मित शिवमूर्तिको दर्शनसँगै पातले छाँगो (डेभिजफल) झरनाको दृश्यले पर्यटकको आकर्षण बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित