वाणिज्य तथा अर्थशास्त्रीको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, आठबुँदे घोषणापत्र जारी
▸ यस स्टोरीको अंश: नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, आठबुँदे घोषणापत्र जारी
नेपालमा नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा जोड दिँदै वाणिज्य तथा अर्थशास्त्रीको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा दुई दिनसम्म चलेको सम्मेलनले नेपालमा व्यवस्थापन, वाणिज्य र व्यापारका विद्यार्थीको विश्वस्तरीय पहुँच वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको छ । सम्मेलनको समापनमा प्रस्तुत गरिएको आठबुँदे घोषणापत्रमा सरकारले निजी क्षेत्रसँग मिलेर आर्थिक रूपान्तरणको अभियानलाई सार्थकता दिनुपर्ने उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›