प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई आजै अनुमोदन गर्ने तयारी
▸ यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
सर्वोच्च अदालतको आगामी ३३औँ प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मालाई पदमा बहाली गराउन संसदीय र प्रशासनिक प्रक्रिया निकै द्रुत गतिमा अगाडि बढाइएको छ । संवैधानिक परिषद्ले वरीयता मिचेर शर्मालाई सिफारिस गरेको भन्दै परेका रिट निवेदन दर्ता गर्न कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको कडा आदेशलाई सर्वोच्च अदालत प्रशासनले नै अटेर गरिदिएको छ । अर्कातर्फ, संसदीय सुनुवाइ समितिले भने आजै शर्माको नाम अनुमोदन गर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›