पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

यस स्टोरीको अंश: पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दियो
www.setopati.com · 1 हप्ता अघि

पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षको लागि ५० लाख धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेशलाई सर्वोच्च अदालतका न्यायाधीशहरूले उल्ट्याउँदै धरौटीमा छाड्न आदेश दिएको हो। तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू