दरपिठविरुद्धका सबै निवेदन दर्ताको आदेशपछि कार्यालय छोडेर भागे कर्मचारी
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको सिफारिस सम्बन्धी रिट दरपीठविरूद्ध परेका निवेदन दर्ता गर्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारीहरू कार्यालय छोडेर भागेका छन्। संवैधानिक परिषदले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति सिफारिससम्बन्धी रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरूद्ध परेका निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश प्रधानले प्रशासनिक आदेश दिएकी थिइन्। यस आदेशसँगै सर्वोच्चको कर्मचारी प्रशासन खाली जस्तै भएको छ र यसको विरुद्धमा केहीबेरमा वकिलहरूले सर्वोच्चमा प्रर्दशनको तयारी गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›