एमाले सचिवालय बैठक : बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा कार्यविभाजन, राजनीतिक अवस्था र पार्टी पुनर्गठनबारे छलफल
नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार दिउँसो १२ बजेदेखि बसेको सचिवालय बैठक करिब १० घन्टासम्म चलेर राति अबेर सम्पन्न भएको हो । बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्दै संगठनात्मक विषय, कार्यविभाजन तथा पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित