काठमाडौंमा सार्वजनिक बसमै लुटियो सुनको सिक्री, ४ जना पक्राउ
▸ यस स्टोरीको अंश: सार्वजनिक यातायातमा सिक्री लुटपाट गर्ने चार जना पक्राउ
जेठ १३ गते कोटेश्वर हुँदै बल्खु जाँदै गरेको सार्वजनिक बसभित्र युवतीको गलामा लगाएको सुनको सिक्री लुटिएको घटनामा संलग्न ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले सिन्धुपाल्चोकका जनक तामाङ, काठमाडौँका मनकुमार तामाङ, ललितपुरका उमेश मुक्तान र काभ्रेका अर्जुन तामाङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १ तोला ९ लालको सुनको सिक्री बरामद भएको छ र चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›