बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन
▸ यस स्टोरीको अंश: बागमती प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत हुन् । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी तथा ‘जेनजी’ आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको अधिकृत सञ्ज्यालको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›