देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्ने भए पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएपछि सर्वोच्चले अधिकार क्षेत्रसम्बन्धी प्रश्न उठाउँदै अन्तरिम आदेश जारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›