२७ सरकारी संस्थान नाफामा हुँदा १६ घाटामा

यस स्टोरीको अंश: सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
www.setopati.com · 3 दिन अघि

आर्थिक वर्ष २०८१-८२ मा अस्तित्वमा रहेका संस्थानमध्ये २७ वटा संस्थानले नाफा आर्जन गरेका छन् भने १६ वटा संस्थान घाटामा रहेका छन्। दुईवटा संस्थानको विवरण प्राप्त नभएको अर्थमन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक स्थिति समीक्षामा उल्लेख छ। आर्थिक वर्ष २०८१-८२ मा नाफामा सञ्चालित संस्थानको खुद नाफा गत वर्षको तुलनामा १०.५८ प्रतिशतले बढेर ४८ अर्ब ८९ करोड ६ लाख रूपैयाँ पुगेको छ भने नोक्सानमा सञ्चालित संस्थानको खुद नोक्सानमा झिनो अंकले कमी भई ( ४.१४ प्रतिशत) ३ अर्ब ८० करोड ५७ लाख रूपैयाँमा सीमित भएको छ। नेपाल आयल निगम लिमिटेड र तीन वटा वाणिज्य बैंकको नाफामा भएको उल्लेख्य वृद्धिले समग्र संस्थानको नाफा वृद्धिमा योगदान गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू