आयल निगम सर्वाधिक नाफा गर्ने संस्थान
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द
आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा धेरै नाफा आर्जन गर्ने संस्थानको सूचीमा आयल निगम पहिलो स्थानमा छ। आयल निगमले सो वर्ष १३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको अर्थ मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा ०८३ मा उल्लेख छ। त्यस्तै, सबैभन्दा धेरै घाटा व्यहोर्नेमा वायुसेवा निगम रहेको छ, जसले सो वर्ष एक अर्ब २३ करोड घाटा व्यहोरेको थियो। नाफा गर्ने संस्थानको सूचीमा विद्युत् प्राधिकरण र टेलिकम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›