राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक
▸ यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्। समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›