सप्तरीमा हुलाकी सडक चार दिनदेखि अवरुद्ध
▸ यस स्टोरीको अंश: तीनपिप्ले–गल्छी सडक स्तरोन्नतिको माग गर्दै माइतीघरमा धर्ना
राजविराजको हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबार चौथो दिन पनि जारी रहेको छ । तीन वर्षदेखि भत्काएर छोडिएको सडकका कारण जनजीवन कष्टकर बनेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । वर्षायाममा सडक नदीजस्तै बन्ने र सुख्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले स्थानीयवासी, बटुवा तथा विद्यार्थीसमेत प्रभावित भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›