ट्याक्सीको कालो प्लेटमा १५ लाखको चलखेल, अर्बौंको सिन्डिकेट खारेज गर्न सांसद पुनको माग
▸ यस स्टोरीको अंश: सांसद महावीर पुनले ट्याक्सीको ‘कालो प्लेट’ वितरणमा १५ लाखको चलखेल र भ्रष्टाचारको आरोप लगाए
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं प्रतिनिधिसभा सदस्य महावीर पुनले वैधानिक रूपमा ट्याक्सी व्यवसाय गर्न चाहने आमश्रमिकमाथि राज्य संयन्त्रकै मिलेमतोमा अर्बौं रुपैयाँको लुटधन्दा भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा १५ लाख रुपैयाँसम्मको अवैध चलखेल र सिन्डिकेट रहेको खुलासा गर्दै यसलाई तुरुन्त खारेज गर्न माग गरेका हुन्। सांसद पुनले यस विषयमा यातायात विभागका डीजीसँग कुरा गर्दा प्रशासनिक र राजनीतिक तहको मिलेमतो पुष्टि भएको दाबी गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›