विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याइँदै
▸ यस स्टोरीको अंश: विदेशी विश्वविद्यालय सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै सरकार
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न सरकारले नयाँ नियमावली ल्याउने तयारी गरेको बताएका छन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासा आउने गरेको उल्लेख गर्दै नियमनका लागि आवश्यक नियमावलीको मस्यौदा तयार भइसकेको जानकारी दिए। उनका अनुसार शिक्षा मन्त्रालयले मस्यौदा अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइसकेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित