‘ऊर्जा सुरक्षाका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ’

यस स्टोरीको अंश: ऊर्जा मन्त्री श्रेष्ठले जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्न जोड दिए
bizmandu.com · 2 दिन अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा र आर्थिक रूपान्तरणका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । कुलेखानी जलविद्युत् केन्द्रको आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा मन्त्री श्रेष्ठले अब सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनले यस्ता आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार, पर्यटन प्रवर्धन र ऊर्जा आपूर्तिको सन्तुलनका लागि पनि महत्त्वपूर्ण हुने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू