पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा
▸ यस स्टोरीको अंश: पोर्चुगलको कोइम्ब्रामा नेपाली दूतावासद्वारा घुम्ती शिविर सञ्चालन, राहदानी र कागजात प्रमाणीकरण सेवा प्रदान
लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरिएको हो । शिविरबाट कूल ८२ जना सेवाग्राहीले सेवा लिएका छन् । राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीलाई सोही स्थानमै पुगेर सहज रुपमा दूतावासको सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप घुम्ती सेवा सञ्चालन गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›