प्राधिकरणका लागि वर्षा बन्यो वरदान, बिजुली निर्यातबाट साढे २० अर्ब आम्दानी
▸ यस स्टोरीको अंश: जर्मनी र क्यानडाबीच ऐतिहासिक ग्यास सम्झौता, हर्मुजमा तनाव
सुक्खायाममा निरन्तरजसो वर्षा नेपाल विद्युत प्राधिकरणका लागि वरदान साबित भएको छ। सुक्खायाममा पनि वर्षाका कारण भारतमा विद्युत बिक्रीबापतको आम्दानी एक वर्षमा सवा सात अर्ब रुपैयाँले बढेको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म २ अर्ब ९५ करोड १९ लाख युनिट विद्युत निर्यात गरी २० अर्ब ४१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। पोहोर सोही अवधिमा प्राधिकरणले १३ अर्ब १५ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित