अवैध लागुपदार्थ अफिम र हतियार बरामद, ३५ वर्षीय तामाङ पक्राउ

यस स्टोरीको अंश: धादिङमा अफिम र हतियार बरामद, तीन जना पक्राउ
himalpress.com · 1 हप्ता अघि

धादिङ प्रहरीले बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम र एक थान भरुवा बन्दुकसहित ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङको घर र गोठमा खानतलासी गर्दा अफिम र हतियार फेला परेको थियो । यसअघि लागुऔषध मुद्दामा फरार रहेका तामाङलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । सोही ठाउँबाट अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि पक्राउ गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू