सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न २ भारतीयसहित ७ जना पक्राउ
gorkhapatraonline.com · 1 दिन अघि

सर्लाहीको बरहथवा नगरपालिका–१२, लौकठबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–२, सुकुम्वासी बस्ती बस्ने ३८ वर्षीय वुद्धीमान घलान रहेका छन् । प्रहरीले घलानलाई भरुवा बन्दुक एक थान, विभिन्न परिमाणमा धुलो पदार्थ र हतियार बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ । घलानलाई हातहतियार, खरखजनासम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू