कामु प्रधानन्यायाधीशको आदेशप्रति रास्वपाको आपत्ति, एमालेद्वारा विरोध
▸ यस स्टोरीको अंश: संसद्मा रिट दर्ता आदेशको विषय प्रवेश, रास्वपा र एमाले सांसदबीच आरोप-प्रत्यारोप
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेशप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले स्वार्थ बाझिने गरी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न दिएको आदेशप्रति आपत्ति जनाएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›