पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा प्रकरणको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन
पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›