उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड
▸ यस स्टोरीको अंश: सर्वोच्चले उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड कायम गर्ने फैसला गर्यो
काठमाडौं– सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण अनुमतिसम्बन्धी यसअघिको आदेश पुनरावलोकन गर्दै पुरानै मापदण्ड कायम गरेको छ । न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ मंसिर १ गते निर्धारण गरिएको मापदण्ड अनुसार नै निर्माण गर्न पाउने आदेश दिएको हो । आदेशअनुसार बागमती, विष्णुमती र मनोहरा नदी किनारामा २० मिटर छाडेर निर्माण गर्न पाइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित