अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित, बिदा दिन थालियो
▸ यस स्टोरीको अंश: अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय
अत्यधिक गर्मी बढ्न थालेपछि कञ्चनपुरका स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् । भीमदत्त नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ । त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›