हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल

यस स्टोरीको अंश: मन्त्री पौडेलले सगरमाथालाई नेपालको पहिचान र गौरवको प्रतीक भने
singhadurbarnews.com · 14 घण्टा अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने विषय नभई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्रा भएको बताएका छन् । शुक्रबार ७३ औँ सगरमाथा दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेर व्याख्या गरेका हुन् । उनले सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै नेपालले हरेक वर्ष सगरमाथा दिवस मनाउँदै आएको बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू