सोन्या गुरुङले सम्पन्न गरिन् नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

यस स्टोरीको अंश: सोन्या गुरुङले नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति सम्पन्न गरिन्
clickmandu.com · 1 दिन अघि

फेसन आर्ट निर्देशक तथा स्टाइलिस्ट सोन्या गुरुङले हाइभ स्टुडियो, हङकङ सँगको सहकार्यमा ‘माउन्टेन्स टु द मेट-च्याप्टर वान’ सम्पन्न गरेकी छन् । सोन्या स्टाइल क्रिएटिभ फेसन टिम नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेकी उनले सो कार्यक्रम सम्पन्न गरेकी हुन् । यस परियोजनामार्फत नेपाली कपडा तथा परम्परागत गहनाहरूलाई सृजनात्मक फेसन कला र दृश्य कथावाचनमार्फत अन्तर्राष्ट्रिय मोडलहरूको सहभागितासहित प्रस्तुत गरिएको थियो। परियोजनाको अवधारणाअनुसार नेपाली कपडा र गहनालाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय मोडलहरू चयन गरिएको बताइएको छ। परियोजनाअन्तर्गत सम्पन्न ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा प्रमुख नेपाली व्यक्तित्व, समाजका अगुवा सहभागी भएका थिए ।। कार्यक्रममा फेसन आर्ट प्रस्तुतीको विशेष झलक समेत प्रस्तुत गरिएको थियो। सृजनात्मक फेसन कथावाचनका लागि परिचित सोन्या गुरुङले दशकौँदेखि फेसन शो, सांस्कृतिक प्रस्तुति तथा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएकी छन् । उनका फेसन कार्यक्रमहरू परम्परागत रनवेभन्दा फरक शैली, सृजनात्मक कोरियोग्राफी र कला–संस्कृतिको संयोजनका कारण परिचित छन् । साथै उनले आफ्ना कार्यक्रममार्फत ओझेलमा परेका तथा कम अवसर पाएका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने प्रयास गर्दै आएकी छन् । यस परियोजनामा नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धन साझेदार तथा नेपाल एयरलाइन्स एयरलाइन साझेदारका रूपमा जोडिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू