मालिकामा अपाङ्गता भएका व्यक्तिलाई सहयोग प्रदान

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
gorkhapatraonline.com · 6 दिन अघि

गुल्मीको मालिका गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना (सिबिआर) कार्यक्रम गरिएको छ। आशा अपाङ्ग केन्द्र तम्घासको आयोजना, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग तथा मालिका गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा आठ जना अपाङ्ग बालबालिकालाई शैक्षिक सामग्री, चार जनालाई सहायक सामग्री, पाँच जनालाई बीउ पुँजी स्वरूप अनुदान सहयोग तथा दुई जनालाई स्वास्थ्य उपचार सहयोग प्रदान गरिएको छ। अपाङ्गमैत्री संरचना निर्माण सम्बन्धी अन्तरक्रिया तथा छलफल भएको थियो र सहभागीहरूले अब निर्माण हुने सार्वजनिक तथा निजी संरचनाहरू अनिवार्य रूपमा अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू