धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

यस स्टोरीको अंश: मुख्यमन्त्री कार्कीले सुनसरीलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने बताए
www.reportersnepal.com · 6 दिन अघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको हिसाबले सुनसरी क्षेत्र महत्वपूर्ण एवं ऐतिहासिक भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सिटीहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा पर्यटकीय दृष्टिले सुनसरी पूर्वी नेपालको महत्वपूर्ण स्थान रहेको बताए । धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकता दिएको स्पष्ट गर्दै उनले सङ्घीय सरकारको मातहतमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण व्यवस्थापनको जिम्मवारी प्रदेश सरकारलाई दिनुपर्ने धारणा व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू