नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरे, स्वतन्त्र न्यायपालिका प्राथमिकतामा
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गरेका छन्। मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएलगत्तै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएर उनले सर्वोच्च अदालतमा कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश डा. शर्माले आफ्नो कार्यकालको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण गर्नु रहेको स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित