सोलुखुम्बु

काँक्रोभित्र हेरोइन तस्करी गर्ने सोलुखुम्बुका श्रेष्ठ सिन्धुलीबाट पक्राउ काँक्रोभित्र हेरोइन तस्करी गर्ने सोलुखुम्बुका श्रेष्ठ सिन्धुलीबाट पक्राउ

प्रहरीले काँक्रोभित्र लुकाएर लागुऔषध हेरोइन तस्करी गर्ने नयाँ शैली फेला पारेको छ। झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो बसमा १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित सोलुखुम्बुका विक्रम श्रेष्ठलाई सिन्धुलीको बीपी राजमार्गबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार तस्करले सुरक्षा निकायलाई भ्रममा पार्न काँक्रोको भित्री भागमा प्वाल पारेर लागुऔषध लुकाएको पाइएको छ।

5 समाचार · 2 दिन अघि
सगरमाथा म्याराथनमा सहभागी अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार सगरमाथा म्याराथनमा सहभागी अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

सगरमाथा म्याराथनमा सहभागी हुन सोलुखुम्बु आएका अमेरिकी नागरिक अलेक्जेन्डर राइटलाई लेक लागेपछि प्रहरीले उद्धार गरी खुन्दे अस्पताल पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उच्च हिमाली क्षेत्रमा हुने लेकको समस्या देखिएपछि प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उनलाई उद्धार गरेको हो। हाल उनको अवस्था सामान्य छ।

3 समाचार · 4 दिन अघि
सोलुखुम्बुको हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचान खुल्न बाँकी सोलुखुम्बुको हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सोलुखुम्बुको सोताङ गाउँपालिका-१ स्थित हुँगा खोलामा बिहीबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार गस्ती टोलीले खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको हो। हालसम्म मृतकको पहिचान खुल्न नसकेको र प्रहरीले पहिचानका लागि अनुरोध गरेको छ।

4 समाचार · 5 दिन अघि
सोलुखुम्बुको हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, प्रहरीले पहिचान खुलाउन अनुसन्धान गर्दै सोलुखुम्बुको हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, प्रहरीले पहिचान खुलाउन अनुसन्धान गर्दै

सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्थित हुँगा खोलामा बिहीबार एक अज्ञात पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव भेटिएको थियो। हालसम्म मृतकको पहिचान खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

3 समाचार · 5 दिन अघि
नेपाली सेनाद्वारा सोलुखुम्बुमा जटिल प्रसूतिमा परेकी महिलाको हवाई उद्धार नेपाली सेनाद्वारा सोलुखुम्बुमा जटिल प्रसूतिमा परेकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्यामा परेकी सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-१ निवासी एक महिलालाई नेपाली सेनाले आफ्नो हवाई साधनमार्फत उद्धार गरी काठमाडौँ ल्याएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको कार्यक्रमअन्तर्गत यो उद्धार गरिएको हो। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको सेनाले जनाएको छ।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग